कपिलवस्तु। प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ । बाणगंगास्थित बुद्ध रंगशालामा दिउसो साढे ३ बजे सुरु हुने खेलमा सुदूरपश्चिम–११ र हनामी बीएफसी चितवन प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सुदुरपश्चिमले विभागीय टोली त्रिभुवन आर्मीलाई टाइ ब्रेरकरमा पराजित गरी सेमिफाइनलमा पुगेको टोली हो भने हनामी बीएफसीले ए डिभिजन क्लव मछिन्द्रलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । मोफसलका टोली भए पनि विभागिय र एडिभिजन क्लवलाई हराएको हुनाले यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यो खेलको विजेताले गोल्डपको उपाधिको लागि नेपाल पुलिससंग चैत्र २४ गते खेल्नेछ । पुलिसले उपाधिको प्रमुख दावेदार टोली थ्रीस्टारमाथि १ शुन्यको संघर्षपूर्ण जित हासिल गरेको थियो ।
विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजारसंगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटवल संघले जनाएको छ ।
प्रतिक्रिया