मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महावीर पुन आज कपिलवस्तु आउँदै, किताब बेच्ने अभियान

महावीर पुन आज कपिलवस्तु आउँदै, किताब बेच्ने अभियान

अपि टाइम्स

कपिलवस्तु । अभियान्ता महावीर पुन आज कपिलवस्तु आउने भएका छन् । किताब बेच्ने अभियानको क्रममा साँझसम्म उनी कपिलवस्तु आउने भएका हुन् । साझ बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा आउने पुनले फेसबुकमार्फत् जानकारी दिए ।
उनले लेखेका छन् ‘आज बेलुकासम्म कपिलवस्तुको गोरुसिंगे पुगिने छ । तानसेन बजारबाट बुटवलतिर झर्दा बाटोमा पर्ने बजारहरु डुम्रे, गौडेपुल, केराबारी, जोरधारा,तिर किताब बेच्न चाहनेले ९८४१५९२३६१ मा सम्पर्क गर्नुहोला’ भनेर लेखेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र संचालन गरिरहेका पुनले किताब बेचेको पैसाले त्यसैको विकासमा खर्च गर्ने जनाएका छन् । उनको महावीर पुन, सपना, सम्झना र नामक किताब प्रकाशित छ । उनको किताब बेच्ने तरिका निकै गज्जवको छ । उनले अहिलेसम्म करिब ३ हजार पुस्तक बेचिसकेका छन् ।