मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलः पञ्जाब किंग्ससँग हार्‍यो गुजरात

आइपिएलः पञ्जाब किंग्ससँग हार्‍यो गुजरात

अपि टाइम्स

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ।

गएराति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको २०० रनको लक्ष्य पञ्जाबले १ बल बाँकी छँदै ७ विकेट गुमाएर पार गर्‍यो। पञ्जाबका लागि शशांक सिंहले अविजित ६१ रन बनाए। उनले १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

कप्तान तथा ओपनर शिखर धवन २ बल खेलेर बोल्ड हुन पुगेका थिए। उनको विकेटपछि आएका प्रबशिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए।

ओपनर जोनी बइर्स्टोले १३ बलमा आउट हुनुअघि ४ चौका हानेर २२ रनको योगदान गरे। त्यसपछि साम करण, सिकन्दर राजा पनि सस्तोमै भए। आशुतोस शर्माले ३१ र जितेश शर्माले १६ रन जोड्दा इनिङको एक बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गरेको हो।

बलिङतर्फ गुजरातका नूर अहमदले २ तथा अजमतुल्लाह ओमरजइ,उमेश यादव, रशिद खान, मोहित शर्मा र दर्शन नालकण्डेले एकरएक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले चार विकेटको क्षतिमा १९९ रनको योगफल तयार पारेको थियो। कप्तान शुभमन गिलले नट आउट ८९ रन हाने। उनले ४८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

राहुल टेवाटियाले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रन बनाएर नट आउट रहे। केन विलियमसनले २६, साई सुदर्शनले ३३, ओपनर रिद्धिमन साहले ११ र विजय शंकरले ८ रन जोडे।

बलिङमा पञ्जाबका कगिशो रबाडाले २ तथा हरप्रित ब्रार र हर्शल पटेलले एकरएक विकेट लिए। आइपिएलको जारी सिजनमा ४र४ खेल खेलेको गुजरात र पञ्जाबले समान २ जित र २ हार ब्यहोरेका छन्। अंक तालिकामा पञ्जाब पाचौं र गुजरात छैटौं स्थानमा छ।