मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोमाञ्चक खेलमा पुलिसलाई हराउँदै हनामी एफसी च्याम्पियन

रोमाञ्चक खेलमा पुलिसलाई हराउँदै हनामी एफसी च्याम्पियन

अपि टाइम्स

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै हनामी एफसी चितवन प्रथम तिलौराकोट गोल्डकपको च्याम्पियन बनेको छ ।

बाणगंगास्थित बुद्ध रंगशालामा भएको शनिबारको उपाधि भीडन्तको निकै रोमाञ्चक खेलमा चितवनले पुलिसमाथि टाई ब्रेकरमा ४-३ गोल अन्तरको जित हासिल गरी च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइ ब्रेकरबाट भएको हो ।

विजेताले हनामीले ११ लाख ११ हजार १ सय ११ शिल्ड र प्रमाण पत्र प्राप्त गर्न सफल भयो भने उपविजेता पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो । हनामीले सेमिफाइनलमा सुदुरपश्चिम ११ माथि ३-० गोलको सानदार जित हासिल गरेको थियो भने पुलिसले थ्रीस्टारमाथि १ शुन्यको जित निकालेको थियो ।

विजेता र उपविजेता टोलीलाई पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज आचार्य, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा लगायतले पुरस्कार वितरण गरेका थिए । चैत्र १७ गतेदेखि खेल सुरु भएको गोल्डकपमा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले सहभागिता जनाएका थिए ।