मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा नकआउटबाटै बाहिरिएको मछिन्द्रले विराट गोल्डकप जित्यो

कपिलवस्तुमा नकआउटबाटै बाहिरिएको मछिन्द्रले विराट गोल्डकप जित्यो

अपि टाइम्स

काठमाण्डौ – विराट गोल्डकपको आठौँ संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । विराटनगरको शहीद मैदानमा गए राति सम्पन्न फाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
मछिन्द्र क्लवले कपिलवस्तुमा आयोजित प्रथम तिलौराकोट गोल्डकपमा पनि सहभागिता जनाएको थियो । तर ऊ नकआउट चरणबाटै बाहिरिएको थियो ।