मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराट र बटलरले शतक हानेको खेलमा बटलरको टिम विजयी

विराट र बटलरले शतक हानेको खेलमा बटलरको टिम विजयी

अपि टाइम्स

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु ‘आरसीबी’लाई छ विकेटले हराएको छ । बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर पाँच बल बाँकी छँदा भेट्टायो ।

राजस्थानका जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । बेंगलूरुका विराट कोहलीले एक सय १३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

जितपछि राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदै छन् । दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् ।