मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनक शिक्षाले भन्यो ‘२८ चैतसम्म सबै जिल्लामा किताब पुग्छ’

जनक शिक्षाले भन्यो ‘२८ चैतसम्म सबै जिल्लामा किताब पुग्छ’

अपि टाइम्स

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने बताएको छ ।

नयाँ शैक्षिक सत्रको लागि ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको केन्द्रले जनाएको छ । २ वटा जिल्लाका लागि आइतबार ९आज० वितरण भइरहेको र बाँकी जिल्लाहरूमा सोमबारदेखि वितरण सुरू हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज दाङ र कञ्चनपुरका लागि पुस्तक वितरण भइरहेको छ ।

बाँके, बर्दिया, कैलाली र सोलुखुम्बु जिल्लाको लागि वितरण हुन बाँकी छ । बर्दियाको सोमबार र मंगलबार, कैलालीको मंगलबार र बुधबार वितरण हुने केन्द्रको भनाइ छ । सोलखुम्बुको मंगलबार र बाँकेको लागि बुधबार वितरण हुने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ‘२८ गतेसम्म ७७ जिल्लामा किताब पुग्छ ।’ केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ ।