मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वविद्यालयको दिक्षान्त समारोहलाई झल्को दिने हिलवर्टको त्यो पुरस्कार वितरण

विश्वविद्यालयको दिक्षान्त समारोहलाई झल्को दिने हिलवर्टको त्यो पुरस्कार वितरण

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट ईङलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण २०८० जारी छ । शनिबारदेखि सुरु भएको पुरस्कार वितरणअन्तर्गत आइतबार कक्षा ५ सम्मको पुरस्कार वितरण गरिएको थियो । तिनदिनसम्म पुरस्कार वितरण कार्यक्रम राखेको विद्यालयले सोमबार कक्षा १० सम्मको पुरस्कार वितरण गर्ने विद्यालयका प्रिन्सिपल शिवकुमार पोख्रेलले बताए ।

विद्यालयमा नयाँनयाँ गतिविधि गर्दै आइरहेको विद्यालयले पुरस्कार वितरणमा पनि नयाँ शैली अपनाएको छ । साना कक्षामा पास भएका सबै विद्यार्थीलाई मेडलले सम्मान गरेको विद्यालयले युकेजी तह उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका सबै विद्यार्थीलाई टोपी र गाउनमा सजाएको थियो ।

विद्यार्थीहरु गाउनमा सजिँदा कुनै विश्व विद्यालयमा भएको दिक्षन्त समारोह भन्दा कम देखिदैनथ्यो । हर्षित मुद्रामा विद्यार्थी गमक्क परे देख्दा ठ्याक्कै विश्व विद्यालयमा हुने त्यहि दिक्षान्त समारोहको झल्को त्यो दृश्यले दिएको अभिभावकले बताए । कार्यक्रमका अतिथि र अभिभावक यो दृश्य देखेर निकै खुसी भएका देखिन्थे । । यस्तै

नर्सरीदेखि कक्षागत रुपमा होल फस्ट, सकेण्ड र थर्ड भएकाहरुलाई अध्ययन टेवल प्रदान गरेर विद्यालयले नयाँपन दिएको छ ।

विद्यार्थीलाई घरमा अध्ययन गर्न सजिलो होओस् भनेर विस्तरामै राखेर गृहकार्य र होमवर्क गर्न मिल्ने खालको आकर्षक टेवल प्रदान गरिएको प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताए । यो पुरस्कारपछि अभिभावक र विद्यार्थी दुवै खुसी भएका छन् ।

विद्यालयका अध्यक्ष दीपक खनालले विद्यालय नवीन ढंगबाट अघि बढेको भन्दै विद्यार्थीमा पढ्ने कुरामा हौसला बढोस् भनेर यस्तो शैली अपनाएको बताए । आगामी बर्षमा विद्यालयलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने गरी संचालक समिति लागेको उनको भनाई छ ।

विद्यालयमा विद्यार्थी भर्नामा चाप रहेका कारण समयमै आफ्ना विद्यार्थी भर्ना गर्न अभिभावकलाई खनालको आग्रह छ । कार्यक्रमको संचालन विद्यार्थी र शिक्षक तेज प्रसाद आचार्यले गरेका थिए ।