मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता माविको ६२ औँ बार्षिकोत्सवः अतिथिबाट खुलेर प्रसंसा

जनता माविको ६२ औँ बार्षिकोत्सवः अतिथिबाट खुलेर प्रसंसा

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित जनता माध्यमिक विद्यालयको खुलेरै प्रसंसा भएको छ । आइतबार आयोजना गरिएको ६२ औँ बार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोहमा सहभागि भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, अभिभावकदेखि विद्यार्थीसम्मले गुणस्तरीय शिक्षा प्रदानमा उत्कृष्ट रहेको भन्दै प्रसंसा गरेका हुन् ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, नगर प्रवक्ता विष्णु पौडेल, नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगायतले विद्यालयको खुलेर प्रसंसा गरे। विद्यालय जिल्लामा मात्र भएर प्रदेशमै उत्कृष्ट रहेको आफूहरुले पाएको उनीहरुले बताए ।

प्रदेश सभा सदस्य पन्थीले विद्यालय हरेक हिसाबले उत्कृष्ट बन्दै गएको भन्दै प्रसंसा गरे । विद्यालयको ‘एक विद्यार्थी एक सिप’ जस्ता कार्यक्रमले विद्यालयले उचाई हासिल गरेको बताए । कपिलवस्तु अब शिक्षामा माथि उठ्दै गएकाले अब विद्यार्थीलाई पढाउन अन्त लैजनु पर्ने आवश्यकता नरहेको पन्थीले बताए । पुरस्कार वितरणमा पनि विद्यार्थीका अनेकौँ प्रतिभा देख्न पाएको भन्दै आफूले सक्दो सहयोग गर्ने उनले बताए ।

यस्तै घिमिरे, पौडेल, जिसी र अन्य अतिथिले पनि विद्यालयको प्रसंसा गर्दै नगरका सामुदायिक विद्यालयको गुणस्तर बढ्दै गइरहेको बताए । विद्यार्थी र अभिभावकले पनि आफूहरुले ठिक विद्यालय छनौट गरेको भन्दै खुसी साटेका थिए ।
विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले आफूहरुको जोड गुणस्तरीय शिक्षा प्रदानसंगै विद्यार्थीलाई सिप सिकाउने कुरामा रहेको बताए ।

कार्यक्रमकै अवसरमा अतिरिक्त क्रियाकलाप तर्फका पुरस्कार तथा नर्सरीदेखि १० सम्मका प्रथम, द्धितीय, तृतीय, समग्रमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने र अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यस्तै सुस्त श्रवण भएका विद्यार्थी, स्कुलको विकासमा भूमिका खेलेका उत्कृष्ट शिक्षक, पत्रकार लगायतलाई सम्मान गरिएको थियो भने विद्यार्थीले बिभिन्न प्रतिभा पनि देखाएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षद्धय उज्जल अधिकारी र श्यामलाल खनालले गरेका थिए । विद्यालयमा जिल्लाका अन्य सामुदायिक विद्यालयहरुमा सबैभन्दा धेरै २३ सय बढी विद्यार्थी छन् । बार्षिकोत्सवमा सयौँ अभिावकको सहभागिता रहेको थियो ।