बाणगङ्गा । बाणगङ्गा नगरपालिका वडा नम्बर १ स्थित सिद्धार्थ माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गणेश बहादुर क्षेत्री चयन भएका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा पूर्व वडा अध्यक्षसमेत रहेका क्षेत्रीलाई आइतबार बसेको अभिभावक भेलाले अध्यक्षमा चयन गरेको हो । क्षेत्रीसंगै सदस्य, सल्लाहाकार र संरक्षक समिति पनि चयन गरिएको विद्यालयका प्राचार्य दल बहादुर थापा ‘ईश्वर’ ले बताए ।
उनका अनुसार ब्यवस्थापन समिति सदस्यहरूमा शारदा पौडेल, गीता आचार्य, उमा छहारी, विष्णु विसि (थारु) लाई चयन भएका छन् भने ११ सदस्यीय सल्लाहाकार र तिन सदस्यीय संरक्षक समितिसमेत गठन गरिएको छ ।
अध्यक्षमा चयन भएसंगै क्षेत्रीले विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने दाबी गरे ।
प्रतिक्रिया