मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख २ गते मधुवन धाममा हुने अन्तरसंवाद र शिविरबारे के भन्छन् भन्ते सुमङगलो ?

वैशाख २ गते मधुवन धाममा हुने अन्तरसंवाद र शिविरबारे के भन्छन् भन्ते सुमङगलो ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित महावन बौद्ध विहार (मधुवन धाम) मा नयाँ बर्षको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । वैशाख २ गते भगवान् गौतम बुद्धको शिक्षा र त्यसको ब्यावहारिक प्रयोग विषयक अन्तर संवाद कार्यक्रम राखिएको हो ।

कार्यक्रममा थाइल्याण्डका वरिष्ठ बौद्ध विद्वान श्री अचान सुजिन बोरीहर्नवानाकेलको नेतृत्वमा आउने ७० बढी बौद्ध, भिक्षु, विद्वान, उपासक र उपासिकाहरुको सहभागिता हुने बौद्ध विहारका प्रमुख भन्ते सुमङ्गलोले जानकारी दिए । सोही दिन नै थाईल्याण्डका स्वास्थ्य विशेषज्ञहरुबाट चेक जाँच हुने गरी स्वास्थ्य शिविर राखिएको र शिविरपछि आवश्यक परामर्श दिने कार्यक्रम राखिएको भन्तेले बताए ।

अन्तरसंवादबाट बौद्ध शिक्षाबारे धेरै कुराहरु थाहा पाइने भएकाले सहभागिताको लागि भन्तको आग्रह छ । मधुवन धाम गौतम बुद्धले शाक्य तथा कोलिय कुमारहरु, भिक्षुहरु तथा देवताहरुलाई महासमय सुत्र प्रदान गरेको पवित्र ठाउँ हो । विश्वभरका बौद्धमार्गीमा यो ठाउँ अहिले निकै प्रचलित हुँदै गइरहेको छ ।