मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक, यस्ता छन् विशेषता

टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक, यस्ता छन् विशेषता

अपि टाइम्स

तस्बिरः क्यान
काठमाण्डौ । आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले हिजो जर्सी सार्वजनिक गर्नुभएको हो ।

नयाँ जर्सी गैँडा र सगरमाथा अङ्कित छ । निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रङ्ग रहेको जर्सीकोबीचमा नेपाल लेखिएको छ । यस्तै बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ । दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ ।

टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ ।