मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता र बाणगंगाले शुल्क असुलिरहेका छन्, अब मुद्धा हाल्छौँः अध्यक्ष पाण्डे

जनता र बाणगंगाले शुल्क असुलिरहेका छन्, अब मुद्धा हाल्छौँः अध्यक्ष पाण्डे

अपि टाइम्स

काठमाडौँ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याबसन) कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले सरकारी विद्यालयले पनि नीजि विद्यालयसरह शुल्क लिइरहेको बताएका छन् । । बाणगंगा ८स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी (माध्यमिक विद्यालय) को १४ औँ नतिजा प्रकाशन तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले अंग्रेजी शिक्षा दिने निहुँमा बाणगंगा नगरपालिकाभित्र शुल्क लिने केहि सरकारी विद्यालयको नाम नै किटे ।

उनले भने ‘भन्दा हामीलाई कुनै लाज लाग्दैन । लौगाइको यो बाणगंगा विद्यालय र जनताले तहल्का मच्चाइरहेका छन् । अभिभावकबाट फि लिन पाइदैन भन्दाभन्दै यिनीहरुले फि लिइराका छन् । र २ किसिमको शिक्षा दिइराका छन् । एउटै भवनभित्र पैसा तिर्ने अभिभावकलाई राम्रो कोठामा राख्ने, बस चलाउने र श्रमजिवी र निमुखा बर्गका विद्यार्थीहरुलाई कुनाको रुममा फोहर रुममा रुममै आउनुपर्ने बनाउने ।’ उनको प्रश्न छ ‘राज्यले यो विभेदकारी नीति बनाउन पाइन्छ ?’ ‘अब यदि कुनै सरकारी विद्यालयले अभिभावकबाट सहयोगको नाममा फि लिन्छ भने हामी मुद्धा हाल्छौँ । अब पालिकालाई खबरदारी गछौँ हामीले । हामीले राम्रो बनाएका विद्यार्थीलाई जर्वजस्ती लोभ देखाएर किन लैजानुहुन्छ ?, सरकारी विद्यालयका प्रअमाथि पाण्डेको चेतावनी छ ।’

पढाइरहेको स्कुलबाट नचाहादा नचाहादै अभिभावकले आफ्ना बच्चा अर्को सामुदायिक विद्यालयमा लैजानुपर्ने बाध्यता सिर्जना यस्तै स्कुलले गरेको उनको आरोप छ ।

उनले थपे, ‘हो अहिले यहि भएको छ, अहिले शिक्षा मन्त्रालयले के भन्यो भने कुनै सामुदायिक विद्यालयले फि लियो भने कारबाही गर्छु भनेको छ, यसलाई हामी स्वागत गर्न चाहान्छौँ । तर कतिपय नीतिहरु विभेदकारी र नीजि विद्यालयका संचालकमाथि ढाड सेक्नेगरी आएका छन्, आवश्यक नियम मान्ने र अनावश्यक नियमहरु मान्दैनौँ ।’

उच्च शिक्षामा रहेको ४५ प्रतिशत छात्रवृत्ति खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको आफूहरुले स्वागत गर्ने उनले बताए ।
नीजि र सरकारी विद्यालयमाथि राज्यले विभेदकारी नीति बनाएको भन्दै ८ बर्षअघिको प्याबसनले यस विषयमा मुद्धा हालेको थियो । १०, १२ र १५ प्रतिशत दिने शिक्षा मन्त्रालयको निर्देशन आफूहरु तयार रहेको उनले बताए ।

सरकारी विद्यालयमा शिक्षा मन्त्रालय, बिभिन्न सरकार( प्रदेश, वडा, पालिका) ले लगानी गरेका र नीजिमा अभिभावककै लगानी रहेको स्मरण गर्दै सरकारीसरह नीजि विद्यालय हुन नसक्ने उनको भनाई छ । आफूहरुले कर तिरेर राज्यलाई ठुलो लगानी गरेको भन्दै भ्रममा नपर्न उनको अभिभावकलाई आग्रह गरे ।