मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका पत्रकारलाई किन भनियो ‘समाचार लेख्नु पर्दैन, फोटो भाइरल बनाउनुहोस्’

कपिलवस्तुका पत्रकारलाई किन भनियो ‘समाचार लेख्नु पर्दैन, फोटो भाइरल बनाउनुहोस्’

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुमा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत १६ औं पटक संचालन गरिने भएको छ । सरकारले नै कपिलवस्तु सहित सातवटा जिल्लामा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वाथ्य अधिकृत राम कुमार महतोका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो ।

हात्तिपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने महतोले बताए । जनस्वास्थ्य अधिकृत महतोका अनुसार कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको अन्र्तक्रिया कार्यक्रममा उनले यी जिल्लामा यो वर्ष औषधि खुवाइसकेपछि पुनः अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधि खुवाउने कार्यक्रम यसपटकको नै अन्तिम हुने उनले जानकारी दिए ।

’यो पटकको औषधि वितरण कार्यक्रम नै अन्तिम हुने गरी हामीले काम अगाडि बढाएका छौं,’ उनले भने, ’त्यसकारण यो अभियानलाई सफल बनाउन हामी सबैसँग आग्रह गर्दछौं । यो पटकको आम औषधि वितरण कार्यक्रम सम्पन्न भएपछि हामीले सर्भे गर्नेछौं । उक्त सर्भेमा हात्तिपाइले निवारणको सकारात्मक नतिजा आए अर्को पटकबाट औषधि वितरण कार्यक्रम नै गर्नुपर्दैन ।’
महतले पत्रकारलाई भने ‘बरु समाचार लेख्नु पर्दैन, तपाईहरुले हात्तीपाइले रोगविरुद्धको औषधी खाएको फोटो फेसबुकमा राख्नुस् । समाचारले भन्दा त्यसले धेरै प्रभाव पार्छ र जनचेतना फैलाउन त्यसरी सहयोग हुन्छ ।’ उनले प्रशिक्षण अवधिभर यस विषयलाई दोहोर्याएका थिए । समाजका सबै अगुवा वर्गहरुले यो औषधी सार्वजनिक स्थानमा देखाईदेखाई खानुपर्ने र त्यसको फोटो सामाजिक संजालमा भाइरल बनाउनुपर्नेमा जोड दिए । यसो गर्दा समाजमा सकारात्मक सन्देश छिटो जाने उनको बुझाई छ ।

नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो । सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो । ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ ।

नेपालले सन् २०२० मा नै हात्तिपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर लक्ष्य अनुसार उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने भनेर नयाँ लक्ष्य लिइएको छ । तर उक्त अवधिभन्दा अगाडि नै नेपालबाट हात्तिपाइले निवारण हुने अनुमान गरिएको छ ।

हात्तिपाइले निवारण हुनका लागि राष्ट्रिय र जिल्ला स्तरमा माइक्रोफाइलेरियाको दर १ प्रतिशत भन्दा कम वा एन्टीजेनेमियाको दर २ प्रतिशत भन्दा कम हुनुपर्छ । हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन ।

जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजान्मुख रहने गरि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताए ।

वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन् ।