मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो मायादेवीका अध्यक्ष कुँवरद्धारा नयाँ वर्षको शुभकामना ब्यक्त

रेडियो मायादेवीका अध्यक्ष कुँवरद्धारा नयाँ वर्षको शुभकामना ब्यक्त

अपि टाइम्स

कपिलवस्तु । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज संचालक संस्था नव छहारी सामाजिक विकास संस्था बाणगंगाकाका अध्यक्ष कृष्ण बहादुर कुँवरले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

रेडियोको अध्यक्षमा सर्वसम्मत चयन भएपछि उनले रेडियोका नियमित श्रोता, विज्ञापनदाता, शेयर सदस्य, कार्यसमिति सदस्य तथा देशविदेशबाट रेडियो सुन्ने, शुभेच्छा प्रदान गर्ने सबैलाई शुभकामना दिएका हुन् । आपसी मित्रता र भाइचारबाट मात्र मुलुक निर्माण हुने भएकाले नयाँ बर्षसंगै रिस र प्रतिशोधलाई हटाउन अध्यक्ष कुँवरको आग्रह छ ।

बाणगंगा माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अध्यक्षसमेत रहेका उनले रेडियोले आगामी दिनमा जनताको सुचना र समाचारलाई थप विश्वसनीय बनाउँदै लैजाने भन्दै रेडियोलाई थप प्रविधिमय बनाउने गरी अघि बढेको बताए । गणतन्त्र र लोकतन्त्रको रक्षा गर्ने काममा मिडियाको महत्वपूर्ण हात रहेको भन्दै उनले सही र सत्य सुचना सप्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गरे ।

यसै गरी रेडियोका निवर्तमान अध्यक्ष नन्द किशोर शुक्ला, कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपाने र स्टेसन मयानेजर हरि घिमिरेले पनि सबैलाई शुभकामना दिएका छन् ।