मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, गृहमन्त्रीको प्रसंसा

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, गृहमन्त्रीको प्रसंसा

अपि टाइम्स

काठमाडौँ । आजदेखि काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले सो क्षेत्र २४ सं घण्टा खुल्ने घोषणा गरे ।

ठमेल र दरबारमार्गका बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ ।

मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई अझ राम्रो र पर्यटकमैत्री बनाउने गृहमन्त्रीको भनाइ थियो । उनले व्यवसायी तथा घरघनीको पनि हित हुने बताइएको छ । यो निर्णयसंगै धेरै ब्यापारीले गृहमन्त्रीको प्रसंसा गरेका छन् ।