मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रोः ओली

जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रोः ओली

अपि टाइम्स

काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आमजनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा उनले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराए ।

पर्याप्त सोच विचारबिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानूनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने गरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ, अध्यक्ष ओलीले भने, व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ । तर व्यक्तिका अधिकार साँँच्चैको अधिकार हो कि होइन रु भन्नेकुरा पनि हेर्नुपर्छ । र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरुमा समुदायको हितहरु जोडिन गए भने व्यक्तिका हित गौण हुने गर्दछ । त्यसकारण उचित हित हो कि होइन रु व्यक्तिका ती कुराहरु पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

उनले पछिल्ला तीन वर्षयता नेपालको अर्थतन्त्र ओरालो लागिरहेको बताए । अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गरे ।