मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज नेपालले हङकङसँग खेल्दै

आज नेपालले हङकङसँग खेल्दै

अपि टाइम्स

काठमाडौँ । ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः ४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ।

कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ।

नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो।

पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो।

दोस्रो खेलमै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका थिए।

नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ।

नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।