मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यको लागि निकै हानिकारक सुई हालेको खरबुजा, यसरी चिनौँ

स्वास्थ्यको लागि निकै हानिकारक सुई हालेको खरबुजा, यसरी चिनौँ

अपि टाइम्स

एजेन्सी । गर्मीको मौसम सुरु भयो । यतिबेला बजारमा छ्याप छ्याप्ती खरबुजा आउन थालेका छन् । हरेक पटक खरबुजा किन्दा हामी पसलेलाई खरबुजा रातो त छ नि रु खल्लो पो छ कि भनेर सोध्छौँ रु तर खरबुजा रातो हुँदैमा यो प्राकृतिक रूपमा पकाइएको वा शरीरको लागि स्वस्थ छ भनेर चाँहि सोच्नु हुन्न ।

रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।

खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।

योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रंग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । आजको यस लेखमा हामीहरू सुई लगाइएको खरबुजा चिन्ने तीन वटा तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ ।

१,पहेँलो दाग भएको खरबुजा छान्नुस् स्

हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।

२,घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

३,खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

४, खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।

के हुन्छ एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा ?

एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ । रातोपाटीबाट