मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वन्यायाधीश गिरी कारागार चलान,वैवाहिक बलात्कारमा दोषी ठहर

पूर्वन्यायाधीश गिरी कारागार चलान,वैवाहिक बलात्कारमा दोषी ठहर

अपि टाइम्स

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् ।

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मंसिरदेखि कानुनी लडाइँ लड्दै आएकी थिइन् ।