मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व क्रिकेटमा ऐरीको छलाङ, बने ११औँ नम्बरका अलराउण्डर

विश्व क्रिकेटमा ऐरीको छलाङ, बने ११औँ नम्बरका अलराउण्डर

अपि टाइम्स

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका छन्।

अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा १४औँ स्थान सुधार गर्दै उनी एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका हुन्।

नयाँ वरीयतामा ऐरी विश्वको ११औँ स्थानमा छन्। यसअघि उनी विश्व वरीयतामा २५औँ स्थानमा थिए। ऐरीपछि एसोसिएट राष्ट्रमा नामिबियाका कप्तान ग्रहार्ड इरास्मस रहेका छन्। उनी १३औँ स्थानमा रहेका छन्।

अलराउन्डरतर्फ विश्व वरीयतामा पहिलो नम्बर बंगलादेशका सकिब अल हसन यथावत् रहेका छन्। श्रीलंकाका वानिन्दु हसरंगा, अफगानिस्तानका मोहम्मद नाबी, दक्षिण अफ्रिकाका एडेन मार्कराम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाबेका सिकन्दर राजा, भारतका कप्तान हार्दिक पाण्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, इङ्ल्यान्डकै मोइन अली र पाकिस्तानका सादाब खान क्रमश २ देखि १० स्थानसम्म यथावत् छन्।

यस्तै, नेपालका कुशल मल्ल रोहितकुमार पौडेल, गुल्शनकुमार झा र करण केसी शीर्ष १०० मा अटाएका छन्। टी २० बलिङतर्फ भने नेपालका कुनै पनि बलर शीर्ष १०० मा अटाउन सकेका छैनन्।

ब्याटिङमा कप्तान रोहित दुई स्थान तल झर्दै ५४औँ स्थानमा पुगेका छन् । ऐरी १६ स्थान सुधार गर्दै ६२औँ स्थानमा पुगेका छन्।

आशिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा पुगेका छन् भने कुशल मल्ल शीर्ष १०० मा अटाएका छन्।