मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटीलाई हराउँदै रियल सेमिफाइनलमा

सिटीलाई हराउँदै रियल सेमिफाइनलमा

अपि टाइम्स

काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेल टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो।

रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो लेग पनि १–१ गोलको बराबरीमा सकिएको थियो।

त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल समग्रमा ४–४ को बराबरीमा सकियो। त्यसपछि खेलको छिनोफानफ पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीसुटआउटमा सिटीका जुलियन अल्भारेज, फिल फोडेन र एडरसन मोरेसले गोल गरे। बर्नाडो सिल्भा र माटेओ कोभासिकले भने गोल गर्न सकेनन्। रियलका लागि जुड बेलिङ्गम, लुकास भाजक्वेज, नाचो फर्नान्डेज र एन्टोनियो रुडिगरले गोल गरे। लुका मोड्रिचले भने गोल गर्न सकेनन्।