मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमालियामा भारी वर्षा र बाढी, साढे ७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने

सोमालियामा भारी वर्षा र बाढी, साढे ७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने

अपि टाइम्स

एजेन्सी । सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण झण्डै सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ‘ओसीएचए’ ले अनुमान गरेको छ ।

ओसीएचएकाअनुसार सोमालियाको २२ वटा जिल्लाका धेरै क्षेत्रमा अप्रिल शुरु भएदेखि नै भारी वर्षा भइरहेको छ । शाबेल र जुबा नदीको छेउछाउका बस्तिलाई प्राथमिकतामा राखेर उद्धार र सहायताका लागि डुङ्गाहरु तयारी अवस्थामा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सोमालियामा यसअघि सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्ममा बर्षाका कारण १६ लाख मानिस विस्थापित भएका थिए । भारी वर्षा र डुबानका कारण सोमालियामा खाद्य सङ्कट गहिरिएर भोकमरीको समस्या अझ थपिने अनुमान रहेको छ ।