मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगोलागीबाट बाणगङ्गाको एउटा बंगुरफर्म जलेर नष्ट, लाखौँको क्षति

आगोलागीबाट बाणगङ्गाको एउटा बंगुरफर्म जलेर नष्ट, लाखौँको क्षति

अपि टाइम्स

कपिलवस्तु । विद्युत सर्ट भएर एक्कासी लागेको आगलागीका कारण बाणगङ्गामा लाखौँको क्षति भएको छ । वडा न ८ पुलचोकको खड्क कलौनिमा आगलागी हुँदा एउटा बंगुर फर्म नै जलेर नष्ट भएको हो भने तिन वटा टहरा पूर्ण रुपमा नष्ट भएका छन् ।
आगोलागीका कारण स्थानीय दिल बहादुर थापाका ६ वटा माउ र ३ वटा बच्चा बंगुर मरेका छन् । समयमा आगो निभाउन नसक्दा साना ठूला गरि करिब ९ वटा बङ्गुर जलेर नष्ट भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उक्त फर्ममा करिब ८ लाख बराबरको क्षति भएको छ ।

यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनारको घर जल्दा १ र १ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताए ।

आगो लागेपछि निभाउन सकस भएको थियो । बाणगंगा नगरपालिकाको दमकलले नियन्त्रण गर्न नसकेपछि
कपिलवस्तु र शिवराज नगरपालिकाबाट ३ वटा दमकल, १ वटा ट्याङ्कर घटनास्थलमा आएका थिए । त्यसपछि जनपथ प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।