मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिजी कम्पनीद्धारा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, रियो जुसको बट्टाभित्र भेटिए किरैकिरा

सिजी कम्पनीद्धारा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, रियो जुसको बट्टाभित्र भेटिए किरैकिरा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । मुलुककै चर्चित कम्पनी चौधरी ग्रुपको ठगिधन्दा र बदमासीको अर्को घटना सार्वजनिक भएको छ । कहिले सरकारी जग्गा नै निल्न खोज्ने, कहिले बिभिन्न उत्पादनमाथिको बदमासी र ठगिको आरोप खेप्दै आइरहेको मुलककै ठुलो कम्पनी चौधरी ग्रुपले बालबालिकालाई केन्द्रमा राखेर बनाएको पेय पदार्थ (रियो जुस) मा पनि बदमासी र खेलवाड गरेको पाइएको हो ।

बदमासीको हद कतिसम्म छ भने रियो जुसको बट्टाभित्र पिउने जुस होइन किरैकिरा भेटिएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँस्थित भुपु सैनिक माध्यमिक विद्यालयको क्यान्टिनबाट एक विद्यार्थीले बुधबार दिउसो रियो जुसको बट्टा किने । उक्त बट्टा किनेर विद्यार्थीले पिउन खोज्दा मुखमा फोहर परेजस्तो भयो । असजिलो भएपछि मुखमा परेको जुस थुकेर हेरियो । त्यहाँ केहि किरा भेटिए ।

थप किरा हुन सक्ने शंका लागेर सो बट्टा काटेर हेर्दा भित्र किरैकिरा भेटिएका छन् । त्यसपछि विद्यार्थी, शिक्षक र क्यान्टिन संचालकसमेत अचम्ममा परेका थिए । यो विषय निकै संवेदनशिल विषय भएको हुनाले विद्यालयका प्रिन्सिपल डम्बर बहादुर शोमैले कम्पनीले बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
उनले कम्पनीको यो गम्भीर खेलवाड र बदमासी रहेको भन्दै यो जुस सेवन गर्ने बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने बताए ।
झुक्किएर यस्तो भयो कि भनेर बट्टाको चारैतिर हेर्ने काम पनि भएको थियो । कहिँकतै प्वाल पनि देखिदैनथ्यो भने म्याद पनि ठिकठाक नै थियो । यस्तो अवस्थामा बट्टाभित्र किरा भेटिनुले कम्पनीको उत्पादन प्रकृयामै लापरबाही र खेलवाड रहेको अनुमान गर्न सकिन्छ ।
यस विषयमा कम्पनीका लुम्बिनी प्रदेश इन्चार्ज गोविन्द शर्मासंग बुझ्दा उनले गैर जिम्मेवार जवाफ दिए । उनले कम्पनीको बचाउ गर्दै वितरक (क्यान्टिन संचालक) माथि नै दोष थोपर्न खोजे । उनले अपिटाइम्ससंग भने ‘त्यो बकेट कसरी काटियो, हामी त्यहाँ थिएनौँ कसरी पत्याउने ? बट्टामा प्वाल परेर कमिला पसेका हुन सक्छन् । कम्पनीको बदमासीले यस्तो भएको भन्ने होइन । उनले थपे ठिक छ म अहिले पाल्पामा छु, बुटवल आएपछि फोन गर्छु र कुरा गरौँला ।’ उनको जवाफमा यस विषयप्रति संवेदनशिलता देखिदैनथ्यो । कम्पनीका प्रदेश प्रमुखले दिएको जवाफ उपभोक्ता मार्ने खालको रहेको बुझ्न सकिन्छ ।

शर्माले भने अनुसार बट्टामा प्वाल परेको भए जुस कसरी अडियो त सरोकारवाला भन्छन् यति ठुलो कम्पनीको उत्पादनमा भएको यो ठुलो बदमासी हो । यसको उचित अनुसन्धान हुनुपर्दछ ।

क्यान्टिन संचालकले बट्टा ठिकठाक नै रहेको अवस्थामा बेचेको बताउँछन् । जुसमा त्यस्तो देखेपछि आफु पनि झसंग भएको उनको भनाई छ । अभिभावकले बच्चाको स्वास्थ्यमाथि खेलवाड गर्ने यस्तो कम्पनीमाथि अनुसन्धान गर्न आग्रह गरे । रियो जुस बालबालिकाले अत्यधिक मन पराउने जुस हो । बच्चाले मात्र होइन सबै वर्गले यो जुस अत्यधिक पिउने गर्दछन् ।