मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतार पठाउन लागिएको भन्दै ट्रकमा हात्ती राखिएको भाइरल भिडिओ झुट

कतार पठाउन लागिएको भन्दै ट्रकमा हात्ती राखिएको भाइरल भिडिओ झुट

अपि टाइम्स

काठमाण्डौ । कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उज्यालोलाई दिनुभएको जानकारीअनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।

कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उनले स्पष्ट पारे । । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उनले बताएका छन् । उज्यालो अनलाइनबाट