मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब केही सेन्टिमिटर खनेपछि सुनकोशी डाइभर्सनको ब्रेक थ्रु

अब केही सेन्टिमिटर खनेपछि सुनकोशी डाइभर्सनको ब्रेक थ्रु

अपि टाइम्स

काठमाण्डौ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिएको छ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

उनका अनुसार आउँदो २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने कार्यक्रम रहेको छ ।

सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो ।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन ९टीबीएम० प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।