मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बज्राचार्य कार्यकालको राम्रो कामः पत्रकारिता पुरस्कारको स्थापना र कोष वृद्धि

बज्राचार्य कार्यकालको राम्रो कामः पत्रकारिता पुरस्कारको स्थापना र कोष वृद्धि

अपि टाइम्स

काठमाडौँ । आलोचनाको अचानोमा थिचिए पनि नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको ३ बर्षे कार्यकालमा केहि राम्रो काम भएका छन् । उनको ३ बर्षे कार्यकालमा भएका राम्रो काम भनेका महासंघमा पत्रकारिता पुरस्कारको स्थापना र कोष वृद्धि मुख्य रहेको छ ।

महासंघको ११ औँ साधारण सभा र ८ औँ अधिवेशन शुक्रबार तौलिहवामा सम्पन्न भएको थियो । त्यहाँ कार्यसमितिमाथि धेरै प्रश्न आएका थिए भने नेतृत्वको कटु आलोचना भएको थियो । यद्यपी महासंघले इतिहासमा पहिलोपटक पत्रकारिता पुरस्कार स्थापना गर्यो । र पहिलोपटक सम्मानित भए पत्रकार खगप्रसाद चापागाई र भगवती न्यौपाने उनीहरु जनही १० हजार सम्मान पत्र र खादाले सम्मानित भएका छन् ।

यो सम्मानसंगै जिल्लाको पत्रकारितालाई प्रोत्साहन गर्न महासंघले राम्रो सुरुवात गरेको सदस्यले बताएका छन् । यस्तै महासंघले संघमा १९ लाख बराबरको कोष पनि खडा गरेको छ । पत्रकारको हकहित र समस्या समाधानमा खर्च गर्ने गरी महासंघको अक्षय कोषमा सो रकम जम्मा हुने छ ।

पछिल्लो ३ बर्षमा निकै दुख गरेर १५ लाख रुपैया बचत गरेको कोषाध्यक्ष मोहन बेलबासेले जानकारी दिए । महासंघको यस कार्यलाई पनि पत्रकारले राम्रो कार्यको रुपमा लिएका छन् । सो रकम पत्रकारको हकहित र समस्यामा खर्च गरिने बताइएको छ । अक्षय कोषको सुरुवात यसअघिका अध्यक्ष डिलाराम भुसालले गरेका थिए ।

महासंघले यी काम गरे पनि बिभिन्न ठाउँमा चुकेको भन्दै दर्जनौँ प्रश्न भने खडा भइरहेका छन् । साधारण सभामा सदस्यहरले महासंघ पंगु बन्दै गइरहेको भन्दै आलोचना गरेका थिए ।