मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा ५८ प्रतिशत मतदान, मतदान गर्दै किरियापुत्री

इलाममा ५८ प्रतिशत मतदान, मतदान गर्दै किरियापुत्री

अपि टाइम्स

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको छ ।

दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ ।

उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११स्०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानइ भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको भनाइ छ ।