मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रित्तो गाउँको प्रदर्शनपछि निर्देशक ज्ञवालीको प्रसंसा

रित्तो गाउँको प्रदर्शनपछि निर्देशक ज्ञवालीको प्रसंसा

अपि टाइम्स

काठमाडौँ । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ। शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा राजनीतिकर्मी, कलाकार, पत्रकार लगायतको सहभागितामा रित्तो गाउँको प्रदर्शन गरिएको हो । उक्त शर्ट मुभी हेरेपछि धेरैजसोले प्रससा गरेका छन् ।

फिल्म हेर्न पुगेका नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रित्तो गउँले नेपालको वर्तमान युवा विदेश पलायनको विषयलाई फरक ढंगबाट प्रस्तुत गरिएको बताए । यसमा निर्देशन, कथानक, र अभिनयको पक्ष बलियो भएको उनले बताए ।

पत्रकार जीवन भण्डारीले अनुसन्धानमा आधारित रित्तो गाउँनेपाली चलचित्र उद्योगमै नयाँ अभ्यासको रुपमा आएको बताए । उनले पनि यसको कथानक र निर्देशन पक्ष निकै राम्रो रहेको बताउँदै कलाकारको अभिनयको तारिफ गरे ।

फिल्ममा कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतको सजिव अभिनय रहेको छ । रामजी ज्ञवालीकै लेखन रहेको रित्तो गाउँले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा झल्काएको छ ।

ज्ञवालीले यसअघि आधा दर्जन बढी सर्ट फिल्म र केही म्युजिक भिडिओ पनि निर्माण गरिसकेका छन् । अब फिल्मलाई बुटवल, हेटौंडा लगायतका शहरमा छिट्टै प्रदर्शन गरिने र विदेशी भूमि जापान, हङकङ र अमेरिकामा पनि प्रदर्शन गर्ने तय भएको जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राडा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट फिल्म निर्माण गरिएको ज्ञवालीको भनाई छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन्।

निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन्।