मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेश्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका १६ सय जनाको सहभागिता हुने

तेश्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका १६ सय जनाको सहभागिता हुने

अपि टाइम्स

काठमाण्डौ । आजदेखि दुई दिने तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । यसका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ ।

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सय जनाभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ वटा देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।

सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । यस्तै चीनका दुई सय ६५, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९यूएई० का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौरनौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट छ, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहने जनाइएको छ । अरू देशबाट तीन वा त्योभन्दा कम सङ्ख्यामा सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ ।

भोलिदेखि काठमाण्डौमा आयोजना हुने सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् । यस्तै सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

पहिलो दिन उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन् । त्यस्तै दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन स्थल ताहाचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रूपमा रहेको छ । लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको लगानी बोर्डले जनाएको छ ।