मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अचनाक हराइन् बाणगंगाकी यी महिला, खोजिमा सघाउन परिवारको अपिल

अचनाक हराइन् बाणगंगाकी यी महिला, खोजिमा सघाउन परिवारको अपिल

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बण्डौलीकी एक महिला हराएकी छन् ।स्वभाविक रुपमा घरमा रहेको अवस्थामा यहि वैशाख १६ गते आइतबारदेखि रिमा पुन ‘थापा ‘मगर’ नाम गरेकी २४ बर्षकी महिला हराएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले अपिटाइम्सलाई दिएको जानकारीअनुसार रिमा घरबाट निस्कँदा पहँेलो सर्ट, रातो सुरुवाल र रातो चप्पलमै निस्किएकी छन् । आफू जाने ठाउँबारे जानकारी नदिई निस्केको हुनाले साँझसम्म प्रतिक्षामा बसेको र साँझसम्म नआएपछि खोजी कार्यमा लागेको उहाँकी आमाजु उषा कुमाल बिकले बताइन् ।

उनका अनुसार परिवारमा श्रीमानसंग सानो मतभेद भएको थियो । रिमाको अवस्थाबारे इलाका प्रहरी कार्यालय पिपरा र सरोकारवालालाई जानकारी गराइएको कुमालले बताइन् ।
रिमा हराएपछि आफू, परिवार र आफन्त तनावमा रहेकाले चाँडै फर्कन रिमालाई कुमालको आग्रह छ । उनको गत असोजमा विहे भएको कुमालले जानकारी दिइन् । फेला परेको खण्डमा ९७०६५२२३९४ मा सम्पर्क गरिदिन कुमालको आग्रह छ ।