मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गाको विषयमा बाणगंगाका २ पुरुषबीच कुटाकुट, ३५ बर्षदेखिको दुश्मनी

जग्गाको विषयमा बाणगंगाका २ पुरुषबीच कुटाकुट, ३५ बर्षदेखिको दुश्मनी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा २ पुरुषबीच कुटाकुट भएको छ । जग्गाको विषयलाई लिएर धनेशपुरमा सामाजिक अगुवाको परिचय बनाएका मित्रलाल सापकोटा र बम बहादुर उच्चैबीच कुटाकुट भएको हो । वैशाख १६ गते आइतबार दिउसो यो घटना भएको थियो । दुई जनाबीच कुटाकुट हुनुमा जग्गाको विषय देखिएको छ । कुटाकुटबाट दुवैको शरीर, टाउको र अनुहारमा चोटपटक लागेको छ ।

मित्रलालको टाउको र निधारमा चोट लागेपछि कपिलवस्तु सामुदायिक अस्पतालको उपचारपछि अहिले बुटवलको एडमण्ड सिटी अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् भने वम बहादुर सी एण्ड सी अस्पताल चार नम्बरमा भर्ना भई उपचार गरेपछि डिस्चार्ज भएर घर गएका छन् । वम बहादुरको निधार, अनुहार र आँखामा पनि चोट लागेको छ ।

मित्रलालले आफ्नो टाउकोमा गहिरो चोट लागेको बताउँदै सिटीस्क्यानको रिपोर्ट कुरेर बसेको अपिटाइम्सलाई बताए । बम बहादुर धनेशपुर खानेपानीका अध्यक्ष हुन् भने सापकोटा त्यहि संस्थाका सचिव हुन् ।
यसरी भएको थियो कुटाकुट

कुटपीटको विषयमा दुवै थरीको आआफ्नो कुरा छ । सापकोटाकाले पहिले बम बहादुर झम्टिएको बताए । आफ्नो जग्गामा जर्वजस्त जेसिभी चलाएको देखेपछि यो के गरेको भनेर सोध्दा बम बहादुरले मोटरसाइकलको हेलमेटले हानेको बताए । उनले भने ‘म त्याँ मेरो फर्म थियो । म चार बजेतिर चार नम्बरतिर थिएँ । अनि म फर्ममा गएँ । फर्ममा साढे ४ बजे पुग्दा मेरो खेतमा जेसिबी लाइरहनुभएको उहाँले । अनि मैले जेसिभी डाइभरलाई यो चाहि कसलाई भनेर लाउनुभएको भनेर सोध्दै थिएँ । अनि सोध्दासोध्दै अर्को फोन आएर म फोन रिसिभ गर्न लाएँ । अनि उहाँ कुनातिर हुनुहँदो रहेछ । घर त त्यत्नै उहाँको । त्यसपछि झ्याम्मै आएर, म बाइकमा थिएँ । रोकेको अवस्थामा बाइकमा बसेको बेला झ्याम्मै आएर हान्नु भयो । बाइक पल्टिये ।’

बम बहादुरले थपे ‘बाइक पल्टेसी उठाउन थालेँ । बाइक पल्टेर हेल्मेट पनि फुत्कियो । अनि मैले बाइक उठाउन खोज्दाखोज्दै हेलमेट छोपेर ड्याम्मै टाउकामा बजाइदिनुभयो । त्यसपछि उठेर मैले पनि प्रतिवाद गरेँ । त्यति गर्दागर्दै गाउँलेहरु आइपुग्नुभयो । एकचोटी उहाँले हेलमेटले बजाउनुभयो । आँखानेर र निधारनिर हान्नुभयो । टुटिल्को छ ।’

मित्रलालले यो घटना हुनुमा जग्गा नै कारण भएको बताए । ‘आफ्नो जग्गालाई बम बहादुरले मेरो भन्दै दावी गर्दै हिँडेको सापकोटाले बताए । हाम्रो जग्गामा उहाँले जेसिभी लगाउनुभएको, अहिले । अनि उहाँको छुट्याउँदा मेरो पर्छ भन्नहुन्छ रे, मलाई थाहा भएन । कहिले अमिन ल्याउनु भयो ? कहिले छुट्याउनुभयो केहिश थाहा भएन, उहाँको पर्दथ्यो भने त सरकारी अमिन ल्याएर हाम्रो पर्छ भनेर हाम्रो रोहबरमा यहाँबाट गराउँछु भन्नु पर्ने हो । एक्कासी मेरो जग्गामा जेसिभी लगाउँदा के हो भनेर मैले सोध्न त पाउनुपर्यो । अनि त्यत्ति सोध्न नपाउँदै उहाँले भूमाफिया यो । यो बाटोमा हिँड्छस् । भनेर हान्नुभयो’, सापकोटा बताउँछन् । सापकोटाले त्यो जग्गा पनि आफूले किनेको बताए । आफूले किनेको जग्गा र अहिलेसम्म त्यस्तो केहि कुरा पनि नआएकाले खेती गरेर आइरहेको उनले बताए ।

आफूले गरेको प्रगति देख्न नसकेर बम बहादुरले रिस पोखेको उनी बताउँछन् । ३५ बर्षअघिदेखिको द’श्मनी छ रे नि तपाईहरुसंग भन्ने प्रश्नमा उनी भन्छन् ‘त्यस्तो दुमनी केहि होइन । विगत डेढ बर्षदेखि यस्तो विवाद छ । मेरो फर्म पनि छ । फर्म गर्यो भन्ने रिस डाह त होला अरु कारण छैन, झगडा हुनुमा ।’ सापकोटाले धनेशपुरमा मिलाप पशुपंक्षीत तथा कृषि फर्म संचालन गरिरहेका छन् ।

प्रमुख कारण नै मित्रलाल

यता कुटपिटबारेको प्रमुख कारण नै मित्रलाल भएको बम बहादुर बताउँछन् । मित्रलाललाई भूमाफियाको संज्ञा दिँदै उनले आफूलाई मात्र नभएर गाउँलेलाई नै दुख दिएको आरोप लगाए । उनकाअनुसार आइतबार झगडा हुनुमा जग्गाको विषयको ३० /३५ बर्षअघिदेखिको केस छ ।

उनले भने ‘सुरुमा हात हाल्ने काम तपाईले गर्नुभएको हो रे, हेलमेमट प्रहार गर्नुभएछ भन्ने विषयमा यो हामी घरमा भएका मान्छेले कसरी हान्नु ? न मेरो बाइक । न मेरो हेलमेट । उसकै बाइक, उसकै हेलमेट कसरी मैले हाँलेँ । उनले थपे मैले मेरो जग्गामा जेसिभी लगाएको थिएँ । उनले आएर ड्राइभरलाई नै रोक्न खोजे । अनि रोक्दा यस्तो भयो । पिटाई त दुव पक्ष नै भयो । कसैलाई धेरै लाग्यो, कसैलाई थोरै कम लाग्यो लाग्यो । जग्गाको विषयमा कुटाकुट भयो ।’

बम बहादुरले आइतबार यो घटना हुनुमा ३५ बर्षअघिदेखिको विषय जोडिएको छ । उनल भने ‘३५ बर्षजति भयो मित्रलालका बाबुछोरा मिलेर गाउँलेलाई दुख दिएको । अब अहिले बल्ल आवाज उठेर यस्तो भइराखेको छ । अब यो भूमाफिया चङ्गुलमा फस्यो ।’ आफू भर्ना भएर डिस्चार्ज भएको भन्दै आफ्नो मात्र नभएर धनेशपुरका १५ /२० जनाको नै जग्गा हडपेको उनको दावी छ ।

बम बहादुरले थपे ‘बाटो आफ्नो नाममा गरेछ । यस्तो यस्तो छ क, धेरै छ । सार्वजनिक जग्गा कब्जा गरेको छ । मन्दिर आफ्नो नाममा गराओछ । मन्दिरको जग्गा मन्दिरलाई बेचेको छ । यो त अख्तियारमा पनि उजुर गरेको । सिडिओ कार्यालयमा पनि उजुर गरेको । वडा नगर सबैतिर उजुर छ तर कसैले सुनुवाई गरेका छैनन् । हिसाब आएको छैन तर धनेशपुरमा ८ /१० विघाहा होला उनले कब्जा गरेका छन् ।’

बम बहादुरले ४६ सालदेखि नै जग्गामाफियाको काम थालेको बम बहादुरले आरोप लगाए । ‘यी पहिला हाम्रो गाउँको अगुवा थिए । एकफेर ४६ मा पनि वडा अध्यक्ष खाए । साविक ५ नम्बर वाडमा अध्यक्ष थिए । जग्गाको एक नम्बर ब्यापारी हुन् । पहिला जग्गा ढडमा चढ्थेन । ४६ सालमा नापीको चलखेल गरेर ढडडा आफूले राख्ने । हाकिमलाई प्रभावित गराएर जग्गा लिने मान्छे हुन् मित्रलाल’, बम बहादुरको आरोप छ ।
उनीहरुका विषयमा इलाका प्रहरी कार्यालयमा पनि छलफल भएको बताइएको छ । मित्रलालको विषयमा सामाजिक संजालमा पनि जग्गा हडपेको विषय बाहिर आएको थियो । उनले मन्दिर लगायत केहि स्थानीयको जग्गा कब्जा गरेको आरोप छ । मित्रलालले भने आफूले यस्तो नगरेको र बदनाम गराउन केहि ब्यक्ति लागेको बताउँछन् । धनेशपुरका केहि स्थानीयले पनि मित्रलालले भूमाफियाको काम गरिरहेको आरोप लगाए । मित्रले ककसको जग्गा हडपेका छन् नामसमेत उनीहरुले अपिटाइम्सलाई उपलब्ध गराएका छन् ।