मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजसंग नेपालको फराकिलो हार

वेस्ट इन्डिजसंग नेपालको फराकिलो हार

अपि टाइम्स

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले लज्जास्पद हार भोगेको छ । बुधबार सम्पन्न खेलमा घरेलु टोली नेपाल ७६ रनले पराजित भएको हो। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५१ रन मात्रै बनाउ सक्यो। नेपालको लागि ओपनर लोकेश बम र बलर करण केसीबाहेक अन्य ब्याटरको विर्सनलायक प्रदर्शन रह्यो ।

योसँगै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। तर, आइतबार सम्पन्न दोस्रो खेलमा पुनरागमन गर्दै वेस्ट इन्डिजले नेपाल १० रनको हार चखायो।
वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ३ विकेट लिए।

यस्तै, गुडाकेश मोटीले २ विकेट लिँदा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनको नाममा १र१ विकेट रह्यो।

नेपालका लोकेश र करणले २८ र २८ रन बनाए। कुशल मल्ल २०, विनोद भण्डारी १९ र अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आरिफ शेख ३, गुल्शनकुमार झा ६, कप्तान दीपेन्द्रसिंह ऐरी ७०, विवेककुमार यादव ३ र कमलसिंह ऐरी ६ रनमा पेभिलियन फर्किए। सागर ढकाल भने ३ रनमा अविजित रहे।
टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।

चौथो ओभरको पहिलो बलमा ओपनर एलिक एथानाज १७ रनमा रन आउट भएका थिए। रोहितकुमार पौडेललाई आराम दिँदै कप्तानी सम्हालेका दीपेन्द्र र विकेटकिपर अनिल मिलेर उनलाई पेभिलियनको बाटो देखाएका थिए।

तर, तेस्रो नम्बरमा कृजमा उत्रिएका आन्द्रे फ्लेचरसँग ओपनर जोनसन चार्ल्सले सम्हालिएको इनिङ्स खेले। ५५ बलमा शतक पूरा गरेका उनले वेस्ट इन्डिजको स्कोर बोर्डमा अविजित रहँदै ११९ रन थपे।

६१ बल खेलेका जोनसनले १३ चौका र ७ छक्का प्रहार गरे। तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन्। ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १६औँ ओभरको पाँचौँ बलमा दीपेन्द्रबाट क्याच आउट भए। त्योसँगै जोनसनसँगको १४५ रनको विशाल साझेदारी टुटेको थियो।

फ्लेचरपछि कृजमा आएका फेबियन एलेन १९ रनमा दीपेन्द्रबाट क्याच आउट हुँदा किमो पल १३ रनमा अविजित रहे। नेपालका करण र सागरले १र१ विकेट लिए।