मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा ९० लाख घर खाली, सातमध्ये एक रिक्त

जापानमा ९० लाख घर खाली, सातमध्ये एक रिक्त

अपि टाइम्स

एजेन्सी । जापानमा खाली घरहरूको संख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ।

उक्त संख्या जापानमा कुल घर संख्याको १३।८ प्रतिशत हुन आउँछ। जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मंगलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ।

स्रोतका अनुसार घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन्।

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी, तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समयमा प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ। सन् १९७३ मा खाली घरहरूको संख्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५।५ प्रतिशत हो।

मन्त्रालयको तथ्यांकअनुसार सन् १९९३ मा यो संख्या बढेर चार लाख ४८ हजार पुगेको थियो। ३० वर्षको अवधिमा यो संख्या बढेर दोब्बर भएको छ।