मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आपसी बेमेलले निम्तिएको घटनाः श्रीमतीको ह’त्या गरेर श्रीमानले आत्मह’त्या गरे

आपसी बेमेलले निम्तिएको घटनाः श्रीमतीको ह’त्या गरेर श्रीमानले आत्मह’त्या गरे

अपि टाइम्स

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिकामा श्रीमान-श्रीमतीको मृत्यु भएको कारणबारे आधिकारिक जानकारी प्राप्त भएको छ । वडा नम्बर ८ ढोडेकोलको एउटा घरमा बुधबार विहान श्रीमान-श्रीमती मृत फेला परेका थिए । मृत फेला पर्नेमा करिब ५५ वर्षकी जुठि भुषाल थिइन् भने करिब ६० वर्षका टेकलाल भुषाल थिए । जुठि विस्तरामा मृत थिइन् भने श्रीमान भर्याङमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार श्रीमान टेकलाल भुसालले सुरुमा श्रीमती जुठीको विस्तरामा ह’त्या गरेका थिए । उनले टाउकामा धारिलो हतियार (दाउ) प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । दाउ प्रहारबाट श्रीमतीको मृत्यु भएपछि श्रीमानले पनि आत्मह’त्या गरेको प्रहरीको भनाई छ । मंगलबारी राति घरमा कोही नभएको मौका छोपी श्रीमानले हत्या गरेका हुन् । राति घरमा कोहि भएको भए घटना हुनबाट जोगिन सक्ने प्रहरी बताउँछ । घटनाबारे प्रहरीले विहान ८ बजेपछि मात्र जानकारी पाएको थियो । त्यसपछि घटनास्थलमा पुगेर प्रहरीले शव निकालेको थियो ।

शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरेपछि अहिले घरमा बुझाइएको छ । उनीहरुका ३ छोराहरु छन् । तिनमध्ये १ जना विदेश रहेको र २ जना काठमाडौँ रहेका थिए । काठमाडौँबाट छोराहरु आउन ढिलाई भएपछि पोष्टमार्टम प्रकृया पनि ढिलो भएको पिपराका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीले बताए । प्रहरीको प्रारम्भिक जानकारी अनुसार दुईजनाबीचको बेमेलले घटना निम्तिएको हो । छिमेकीहरुले पनि उनीहरुबीच राम्रो सम्बन्ध र समझदारी नरहेको बताएका छन् ।

घटनाको डिएसपीसहितको टोलीले अनुसन्धान गरिरहेको छ । के कारणले यस्तो घटना भएको हो यसबारे अनुसन्धानपछि बताउने प्रहरीले जनाएको छ ।