मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्टइन्डिजसँग आज चौंथो खेल, विश्वकप खेल्ने टोली खेल्दै

वेस्टइन्डिजसँग आज चौंथो खेल, विश्वकप खेल्ने टोली खेल्दै

अपि टाइम्स

काठमाडौं ।नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ ।

वेस्ट इन्डिज ‘ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल हिजो ७६ रनले पराजित भएको छ । यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

आजको खेलमा विश्वकप खेल्ने टोली मैदान उत्रने भएकाले उनीहरुको असरी परीक्षा हुने छ । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।