मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि चलेनन् नेपालका दुवै ओपनर

आज पनि चलेनन् नेपालका दुवै ओपनर

अपि टाइम्स

काठमाडौं । चौथो टी२० मा वेस्ट इन्डिज ुएु ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालका दुवै ओपनरले खराब ब्याटिङ गरेका छन्।

आसिफ शेख पहिलो ओभरमा शून्यमा बोल्ड भए भने कुशल भुर्तेलले ५ बलमा १ रन मात्र जोड्न सके।

आसिफलाई म्याथ्यु फोर्डले बोल्ड गर्दा कुशल फाबियन एलनबाट पाँचौं ओभरमा बोल्ड भए। पाँचौं ओभरमा कुशल मल्ल पनि ४ रनमा क्याच भए। नेपालले ५ ओभरमा ३ विकेटको क्षतिमा ३९ रन जोड्न सक्यो।

वेस्ट इन्डिजको २०९ रन

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे।

नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए। त्यसअघि वेस्ट इन्डिजले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोड्यो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलबाट क्याच गराए।

उनले फ्लेचरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे। त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे। केसी कार्टी भने चार रनमै आउट भए। उनलाई पनि भुर्तेलले रोहित पौडेलबाट क्याच गराए।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट हात पारे। पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २(१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

नेपालले आगामी टी२० विश्वकपको तयारीस्वरूप सिरिज खेलिरहेको छ। सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।