मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कप्तान रोहित पौडेल ब्युटि, छक्कासहित अर्को अर्धशतक प्रहार

कप्तान रोहित पौडेल ब्युटि, छक्कासहित अर्को अर्धशतक प्रहार

अपि टाइम्स

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । वेष्ट इण्डिजविरद्धको सिरिजमा उनीबाहेक कोही पनि चल्न सकेका छैनन् । उनकै भरमा नेपाल मैदानमा छ ।

वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।