मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थानसंगको रोमाञ्चब खेलमा हैदरावाद १ रनले वजयी

राजस्थानसंगको रोमाञ्चब खेलमा हैदरावाद १ रनले वजयी

अपि टाइम्स

काठमाडौँ। सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा हैदरावाद १ रनले विजयी भएको हो। हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो।

राजस्थानलाई जितका लागि अन्तिम ओभरम १३ रनको आवश्यकता थियो। तर, अन्तिम ओभर गर्न आएका भुवनेश्वरले ११ रनमात्र दिए।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

हैदरावादका ट्राभिस हेडले ४४ बलमा ६ चौका ३ छक्कासहित ५८ रन बनाए। अभिषेक शर्मा १२ र अनमोलप्रीत सिंह ५ रनमा आउट हुँदा नितिशकुमार रेड्डी ६७ र हेनरिक क्लासेन ४२ रनमा अविजित रहे।

राजस्थानमा आवेश शाखले २ विकेट लिँदा सन्दीप शर्माको नाममा १ विकेट रह्यो। जितसँगै चौथो स्थानमा रहेको हैदरावादको १० खेलबाट १२ अंक रहेको छ।

शीर्ष स्थानको राजस्थानको समान खेलबाट १६ अंक रहेको छ। हैदरावादको जारी लिगमा यो दोस्रो हार हो। यसअघि गुजरात टाइटन्ससँग राजस्थान ३ विकेटले पराजित भएको थियो।