मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परीक्षा दिएर फर्केकी छात्रामाथि झापामा आक्रमण

परीक्षा दिएर फर्केकी छात्रामाथि झापामा आक्रमण

अपि टाइम्स

काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।

आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनलाई आक्रमणधारी समुहले गोली हानेको प्रहरीको आसंका छ ।

हतियार पड्किएकोजस्तो आवाज सुनिएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। अधिकारीको पेटमा चोट लागेको छ। प्रहरीका अनुसार पेटमा डढेको, दबेको, ददारिएकोजस्तो चोट देखिएको छ।