मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु शाखा देशभरमै उत्कृष्ट

पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु शाखा देशभरमै उत्कृष्ट

अपि टाइम्स

काठमाडौँ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र कपिलवस्तु शाखा मुलुकभरमै उत्कृष्ट घोषित भएका छन् ।

नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनको क्रममा लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी र कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले सो सम्मान ग्रहण गरेका थिए ।

संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल लगायतले प्रसंसा पत्र वितरण गरेक थिए । कार्यसम्पादन मुल्यांकनको आधारमा नेपालको पत्रकारिता क्षेत्र र श्रमजिवी पत्रकारको हकहितको लागि राम्रो काम गरेको भन्दै सम्मान दिइएको केन्द्रिय समितिका महासचिव रोशन पुरीले बताए ।

अध्यक्षद्धय गिरी र बज्राचार्यले मुल्यांकन कमिटीलाई धन्यबाद दिएका छन् । गिरीको एक कार्यकालमै प्रदेश कमिटीले भवन बनाउन सफल भएको छ भने कपिलवस्तु शाखाले कोष वृद्धि लगायतको काम गरेका छन् । कपिलवस्तुसहित १७ वटा जिल्ला शाखा उत्कृष्ट हुँदा लुम्बिनी प्रदेशबाट मात्र ५ जिल्ला शाखा पुरस्कृत हुन सफल भएको अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।