मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर थापाको बोल्ड निर्णयः नीजि विद्यालय ३ बर्गमा विभाजन, तलब सरकारीसरह

मेयर थापाको बोल्ड निर्णयः नीजि विद्यालय ३ बर्गमा विभाजन, तलब सरकारीसरह

अपि टाइम्स

शिवराज । विद्यालय शिक्षा सुधार योजनामा आक्रामक ढंगले लागेका कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले अर्को बोल्ड निर्णय गरेका छन् ।

शुक्रबार सरोकारवालालाई राखेर बसेको बैठकमा नीजि विद्यालयलाई ३ बर्गमा बाँड्ने र त्यहाँका शिक्षकलाई सरकारीसरह तलब उपलब्ध गराउने गरी बोल्ड निर्णय गरेका हुन् । मेयर थापाको यो निर्णयपछि अब नगरभित्रका सबै नीजि विद्यालयका शिक्षकले सरकारले तोकेमोजिम तलब पाउने बताइएको छ ।

संस्थागत (निजी) विद्यालयका सञ्चालन समितका अध्यक्ष, विद्यालयका प्रधानध्यापक र नगर शिक्षा समिति सहितको बसेको बैठकले निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई बैक खाता मार्फत नेपाल सरकारले तोकेको पारिश्रमिक दिने र सोको प्रमाणित प्रतिलिपि नगरपालिका बुझाउने सहमति भएको नगर प्रमुख अजय थापाले बताए ।

साथै उक्त बैठकले संस्थागत विद्यालयलाई क, ख र ग बर्गमा वर्गीकरण गरि मासिक शुल्क निर्धारण गर्ने समिति गठन गरि काम अगाडि बढाउन निर्देशन दिएको छ । कुनै पनि शुक्ल लिदाँ स्पष्ट विवरण खुलाउने विषयमा पनि सहमति भएको प्रमुख थापाले बताए ।

नेपाल सरकारको २०८० र ८१ को लागि न्यूनतम मासिक पारिश्रमिक १७हजार ३ सय तोकेको छ ।