मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिज नेपालको अन्तिम खेल आज

वेस्ट इन्डिज नेपालको अन्तिम खेल आज

अपि टाइम्स

काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः १५ बजेबाट शुरू हुने छ।

बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३/१ ले जितिसकेको छ। शृंखलामा नेपालको यो लगातार तेस्रो हार हो। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले शृंखलाको अन्तिम खेलमा जित्नको लागि खेल्ने बताएका छन्।

गत शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

आइतबार सम्पन्न दोस्रो खेलमा पनि नेपाल १० रनले पराजित भएको थियो। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बुधबार सम्पन्न तेस्रो खेलमा घरेलु टोली नेपाललाई ७६ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा २१ को अग्रता बनाएको थियो।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउन सक्यो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।