मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीर्ष स्थानमा उक्लियो कोलकाता

शीर्ष स्थानमा उक्लियो कोलकाता

अपि टाइम्स

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६।१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए ।