मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिन्दै नचिनेका मान्छे संसदमा पुगे, स्टण्डबाजीले पार्टी चल्दैनः ओली

चिन्दै नचिनेका मान्छे संसदमा पुगे, स्टण्डबाजीले पार्टी चल्दैनः ओली

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टण्डबाजीले पार्टी नचल्ने बताएका छन् । हिमालयन टेलिभिजनको यक्ष प्रश्न नामक अन्र्तवार्ता कार्यक्रममा उनले स्टण्डबाजीले पार्टी नचल्ने बताउँदै राम्रो नीति र ब्यावहार भए मात्र पार्टी चल्ने अध्यक्ष ओलीको भनाई छ । रास्वपालाई केन्द्रित गर्दै उनले ‘कहिले नयाँ शक्ति आउँछन्, कति टिक्छन्, कति टिक्दैनन् ? कतिले राम्रो कामहरु गरेर अघि जान्छन्’ स्टण्डबाजीले पार्टी बन्दैन । कति राम्रा नीति लिन्छन्, कति राम्रा ब्यावहार गर्छन् ।’

अहिले उनीहरुको आलोचना गर्नभन्दा पनि यो साचो हो कुनै एउटा प्रतिक्रियास्वरुप स्थिति बन्यो उनले भने ‘नत्र भने त्यो असन्तुष्टिले चिन्दै नचिनेका युवाहरुलाई भोट दिएर सांसदजस्तो ठाउँमा पुर्याए मान्छेले । यो हल्काफुल्का होइन, विधि निर्मााणका ठाउँमा हल्का कुरा त होइन नि ।’

ओलीले थपे ‘पार्टी खोल्या छ बनिसकेको छैन, पार्टी खोल्या छ चलिसकेको छैन । नेकपा एमालेले राम्रो काम गर्दै थियो त्यल्लाई पनि भत्काइछ, जसले भ्रष्टाचारका विरुद्ध लड्छ, एक रुप्पे भ्रष्टाचार गरेको छैन, ऊ सबैभन्दा ठुलो भ्रष्टचारी भनेर बदनामी गरेछ, सबै भ्रष्टभ्रष्ट जन्मेका छैनन । भिजन भएको नेपाली छैनन भन्ने भ्रम सिजना गर्ने । आफ्नो गल्ती छोप्न नेपालमा झुट बोल्ने छन् । अहिले निरासा पैदा गर्ने काम भइरहेको छ ।’