मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियल मड्रिडलाई ३६औं पटक ला लिगा उपाधि

रियल मड्रिडलाई ३६औं पटक ला लिगा उपाधि

अपि टाइम्स

काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ ।

ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४/२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।

३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्कालाई १/० ले पराजित गरेको छ ।