मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुहाङले लिए शपथ, लिए ऐन र नियमका सामग्री

सुहाङले लिए शपथ, लिए ऐन र नियमका सामग्री

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान र ऐन र नियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभभागि थिए ।
यही वैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।