मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको कन्भिन्सले काम गरेन, एमाले कपिलवस्तुमा चुनाव हुने पक्का

ओलीको कन्भिन्सले काम गरेन, एमाले कपिलवस्तुमा चुनाव हुने पक्का

अपि टाइम्स

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुमा सहमतिको बातावरण टर्दै गइरहेको छ । अध्यक्षका प्रत्यासी आआफ्नो अडानमा टसमस नगरेपछि सहमति टरेर चुनाव नै हुने बातावरण बनेको हो । १० औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले सहमति गर्न नेताहरुलाई गर्नु कन्भिन्स गरेका थिए ।

उनको भाषणको अवधिभर सहमतिकै रटान थियो । सके सहमति गर्नुपर्ने र सहमति नगर्ने भए तुरुन्त बाक्सा थाप्न आग्रह गरेका थिए । तर उम्मेदवारहरुले ओलीको सुझावको अवज्ञा गर्दै चुनावमै जाने संकेत दिएका छन् । ओलीले पनि केन्द्रको हस्तक्षेप नहुने र नेताहरुलाई प्रतिनिधिको कान नफुक्न आग्रह गरेका थिए । तर सो ओलीको निर्देशन पनि केन्द्रका नेताले अवज्ञा गरेपछि सहमति टरेको बताइन्छ । खुला सभापछि भएको हिजोदेखिको बन्द सत्रमा नेताहरु सहमतिको पक्षमा नदेखिएको एक नेताले अपि टाइम्सलाई बताए ।

बन्द सत्रमा नेतृत्वमाथि बिभिन्न प्रश्न उठाउँदै सबैलाई मिलाएर भागवण्डा गर्न प्रतिनिधिले माग गरेका थिए तर नेतृत्वले एक पक्षलाई पेलेर अघि बढ्न खोजेपछि आफूहरुले मत खसालेरै आफ्नो नेता चुन्न तयार रहेको बताएका छन् । अध्यक्षमा बर्तमान अध्यक्ष डम्बर शर्मा, उपाध्यक्ष विश्राम थारु र बाबुराम खनाल प्रतिस्पर्धा छ भने उपाध्यक्ष र सचिव पदमा पनि पेचिलो प्रतिस्पर्धा देखिन्छ । आजसम्म पनि सहमति नभए चुनावी प्रकृया सुरु गर्ने बताइएको छ ।