मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसी’ को पहिलो ठेक्का बुटवल सबस्टेशन, ३९ महिनाभित्र निर्माण सक्ने

एमसीसी’ को पहिलो ठेक्का बुटवल सबस्टेशन, ३९ महिनाभित्र निर्माण सक्ने

अपि टाइम्स

काठमाण्डौ । अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ । एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार ३९ महिनाभित्र सब स्टेशनको निर्माण सम्पन्न हुनेछ ।सम्झौता कार्यक्रमका क्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताए ।

अब बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको विष्टको भनाइ छ ।एमसीए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको एमसीसीबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत नवलपरासीसँगै नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि सबस्टेशन निर्माण गर्दैछ ।